सुनसरी । बिहिबारबाट पोखरमा शुरु भएको मुख्यमन्त्रीको भेलाले प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन नसकेको आक्रोश व्यक्त । प्रादेशिक संरचना समेत पूर्ण नहुँदा काम कारबाही गर्न असजिलो भएको बताउदै प्रदेश सरकार देखाउने दाँत मात्र भएको बताए ।

७ वटा प्रदेश सरकारलाई केन्द्र सरकारले देखाउने दाँत जस्तो बनाएको छ मुख्यमन्त्रीहरुको एकबद्ध आक्रोश यस्तो थियो । न हामीले भनेको प्रमुख जिल्ला अधिकारीले मान्छन् न प्रहरीले, मन्त्रालय छन् मातहतका निकाय र कर्मचारी छैनन्, यहाँ प्रदेश सरकारले भनेको स्थानिय र केन्द्र सरकारले मान्दैन । यसरी कसरी काम गर्न सकिन्छ भेलामा सहभागी मुख्यमन्त्रीको दुखेसो छ ।
संघीय संरचना अनुसार सातवटै प्रदेशमा प्रादेशिक सरकार गठन भएको ६ महिना नाघिसकेको छ । तर प्रदेश सरकारहरूले जनताको अपेक्षा पूरा गर्न सकेको छैन । मुख्यमन्त्रीहरु भन्दै थिए हामीलाई केन्द्र पेन्डुलम नै बनायो । दिइएको अधिकार पनि सीमित बनाइएको छ ।
भेलामा सहभागी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका एकल अधिकार पनि आफ्नो मुठीमा राख्न खोज्ने मानसिकता संघमा देखिएको आरोप लगाए ।
भेलामा सहभागी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशका एकल अधिकार पनि आफ्नो मुठीमा राख्न खोज्ने मानसिकता संघमा देखिएको आरोप लगाए ।
राईले संघ सरकारमाथी चौतर्फी घेराबन्दी भएको दाबी गरे । उनले भने ‘प्रदेश सरकारले गति लिन सकेन, संघीयताको औचित्यमाथी नै प्रश्न आउन थालेको छ’ । राईले सरकार गठन भएको छोटो समयमै असफलताको टिप्पणी गर्नेहरु सलबलाउन थालेको गुनासो गरे । ‘प्रदेश सरकार र संघीयता माथी नै प्रहार हुन थालेको छ, संघीयता चमत्कार भनेर सुरुमा प्रचार गर्नेहरु नै अहिले यसको असफलताका लागि पछि परेका छन’ उनले भने ।
संघीय सरकारमा रहेका मन्त्रीमै दोहोरो मानसिकता रहेको मुख्यमन्त्री राईको भनाई छ । ‘एउटा मन्त्री अधिकार तल पठाउन राजी छ, अर्को जबर्जस्त आफ्नो मुठीमा अधिकार राख्न खोज्छ,’ राईले भने । कर्मचारीतन्त्र केन्द्रीकृत मानसिकताबाट जकडिएको उनले आरोप लगाए ।
COMMENTS